नेपालले नेदरल्याण्डसलाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ – नेपालले नेदरल्याण्डसलाई १०७ रनको लक्ष्य दिएको छ । टी- २० विश्वकप अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला  ब्याटिंग गरेको नेपालले १९.२ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।

त्यस्तै नेदरल्याण्डसका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?