बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौँ – इन्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा मुम्बईले बैंगलुरुलाई ७ विकेटले पराजित गरेको हो ।

बैंगलुरुले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि बैंगलुरुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अङ्क भएको छ र सातौँ स्थानमा उक्लिएको छ ।

त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरुको यो पाँचौँ हार हो । ६ खेलमा एक जित हासिल गरेको बैंगलुरुले ५ हार बेहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?