मोरङबाट लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौँ – मोरङको रतुवामाई नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बेलुकी साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले  भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागू औषध ब्राउनसगुर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेको  प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?