एनपीएल

विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौँ– नेपाल प्रिमियर लिगमा आजको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको गुमाउँदै १३९ रन जोड्यो ।

एनपीएलमा यसअघि पोखरा र विराटनगरले चार चार खेल खेलेका छन् । त्यसमा दुवै टीमले एक एक खेल मात्र जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?