सात सयले बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँले बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ४८ हजार १०० रुपैयाँ कायम रहेको थियो । 

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?