सोमबार सुनको भाउ घट्यो

काठमाडौँ- सोमबार सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन सुन १ लाख ६० हजार ४ सय रुपैयाँ प्रतितोला थियो । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

सोमबार चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ १८६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?