१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?