जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजैदेखि नेपालमा फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुने

काठमाडौँ – सरकारले फेसबुकलगायत नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जाललाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ। आज सूचना तथा सञ्चार मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गराउन पत्र तयार भइरहेको बताए। “सूचीकरणमा नआएको सबै सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय भएको छ।

फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालहरू नेपालमा दर्ता भएका छैनन्। यसअघि सरकारले टेलिग्राम एपलाई समेत नेपालमा प्रतिबन्ध गरिसकेको छ।

भाइबर, टिकटक, निम्बजलगायतका सामाजिक सञ्जाल भने नेपालमा दर्ता भएकोले सामान्यरूपमै चल्नेछन्। टेलिग्राम र ग्लोबल डायरीले पनि नेपालमा सूचीकरणका लागि निवेदन भने दिएका छन्।

नेपाल सरकारले सर्वोच्च अदालतको आदेशअनुसार सामाजिक सञ्जालहरू नेपालमा दर्ता हुन एक साताको समय दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?