जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एप्पलले पातलो ‘आइफोन एयर’ र नयाँ १७ सिरिज सार्वजनिक गर्यो

काठमाडौँ – एप्पलले मंगलबार वार्षिक विशेष कार्यक्रममा अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन आइफोन एयर सार्वजनिक गरेको छ। जम्मा ५.६ मिलिमिटर मोटाइ भएको यो फोनलाई कम्पनीले “गेमचेन्जर” उत्पादनको रूपमा प्रस्तुत गरेको हो।

एप्पलका प्रमुख कार्यकारी अधिकारी (सिइओ) टिम कुकले आइफोन एयरलाई “आइफोन प्रविधिमा ठूलो फड्को” भएको भन्दै प्रशंसा गरेका छन्।

आइफोन एयरमा ६.५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले दिइएको छ, जसमा १२० हर्ज रिफ्रेस रेट सुविधा छ। यसमा ए१९ प्रो प्रोसेसर र नयाँ C1x मोडेम प्रयोग गरिएको छ, जसलाई अघिल्लो भन्दा दोब्बर छिटो भनिएको छ।

फोनमा ४८ मेगापिक्सेलको प्रमुख क्यामेरा र १८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। दुवै क्यामेराबाट एकैपटक फोटो वा भिडियो खिच्न सकिने सुविधा यसमा थपिएको छ। कम्पनीले यसलाई “सबैभन्दा टिकाउ र ऊर्जा खपतमा किफायती आइफोन” दाबी गरेको छ। आइफोन एयरको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ।

यसै अवसरमा एप्पलले आइफोन १७ सिरिज पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत आइफोन १७ (७९९ डलर), आइफोन १७ प्रो (१०९९ डलर) र आइफोन १७ प्रो म्याक्स (११९९ डलर) बजारमा ल्याइनेछन्। यी मोडलको प्रिअर्डर आगामी सेप्टेम्बर १९ बाट सुरु हुनेछ।

कार्यक्रममा एप्पलले एयरपड्स प्रो ३ समेत प्रस्तुत गर्‍यो, जसमा लाइभ भाषा अनुवाद गर्ने सुविधा छ। यसको सुरुवाती मूल्य २४९ डलर तोकिएको छ। त्यस्तै, ब्लड प्रेसर मापन र स्लीप स्कोर जस्ता नयाँ स्वास्थ्य फिचर सहितको एप्पल वाच पनि सार्वजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?