जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। तिहार र छठ पर्व सकिएसंगै कार्तिक १४ गते प्रदर्शनमा आउने पारिवारिक कथाप्रधान फिल्म परानको मन छुने ट्रेलर राजधानीमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

दीपकप्रसाद आचार्य (काकु) को डेब्यु निर्देशनमा बनेको फिल्मले बुढेसकालमा सन्तानको माया, साथ र स्नेहको खोजीमा भौतारिने एक बाबुको संवेदनशील कथा प्रस्तुत गरेको छ। ट्रेलरमा सन्तानप्रतिको आशा,अपेक्षा र सन्तानले आफ्नै सपना पछ्याउँदा बुबा आमाको जीवनमा आउने एक्लोपनलाई भावनात्मक रूपले चित्रण गरिएको छ।

फिल्मको मुख्य भूमिकामा ख्यातिप्राप्त अभिनेता नीर शाह देखिएका छन्। लामो समयपछि शीर्ष भूमिकामा फर्किएका शाहले यसपटक पनि आफ्नो गम्भीर र आत्मीय अभिनयले दर्शकलाई मन्त्रमुग्ध पार्ने अपेक्षा गरिएको छ। अभिनयका भीष्मपितामाका रूपमा चिनिएका शाहको अभिनय यात्रामा यो फिल्म अर्को गहिरो चिन्हका रूपमा जोडिने विश्वास गरिएको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?