जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र पत्रकार सिटौलाको निधन

काठमाडौँ। चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उनको धापासीस्थित ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।

अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम जानुभएका सिटौला बेहोस भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पताल भर्ना भएका थिए।

पत्रकार सिटौलाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा कपनस्थित चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार सङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?