एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र कुवेत भिड्दै

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलका खेल आज हुँदैछन् ।

आजको क्वार्टरफाइनलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । मलेसियाको वाईएसडी ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल समुह चरणमा अपराजित रहँदै समुह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?