जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बादलको रोमान्टिक शैलीको प्रेम गीत सोल्टिनी सार्वजनिक

काठमाडौं – गायक बादल लिम्बुको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ। भ्यालेन्टाइन्स डेको अवसरमा बादलको रोमान्टिक शैलीको प्रेम गीत सोल्टिनी सार्वजनिक गरिएको हो ।

गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन् । यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बु र जमुना लिम्बु सोल्टिनीको भूमिकामा फिचर्ड छन् ।

उनीहरुसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बुको पनि अभिनय छ । ‘यो रोमान्टिक शैलीको प्रेम गीत हो । गीतमा लिम्बु संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने ।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन् । गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?