जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

क्रिकेट

विश्वकप लिग–२, आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग– २ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल यो दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ ।

नेपालका लागि घरेलु मैदानको फाइदा लिन सक्ने अवसर भएपनि विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ। 

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज सुरु भएको हो। लिग–२ मा नेपालसहित ८ देश नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका सहभागी छन्।

आईसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि ९२०१९(२०२३० मा पनि यही फर्म्याटमा प्रक्रिया सुरु गरेको थियो ।

उसका अनुसार  लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?