जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेदरल्याण्ड्सले दियो नेपाललाई १३८ रनको लक्ष्य

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले १ सय ३८ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमै अल आउट गरेको हो ।

नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४ विकेट लिए ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?