जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दै

काठमाडौँ – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज पहिलो खेल खेल्दैछ । 

नेपाल ‘ए’ टिमले आइतबारदेखि क्यानडाविरुद्ध तीन खेलको सिरिज खेल्न लागेको हो । सार्वजनिक खेल तालिका अनुसार  फागुन ८ मा दोस्रो र फागुन १० मा तेस्रो खेल हुने छ । 

यी सबै खेल मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछन्। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन् । मुख्य प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । 

नेपाल क्रिकेट संघले नेपाल ए टिममा अधिकांश युवा खेलाडीलाई स्थान दिएको छ। ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ।

यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’ टिम

विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?