जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्पेनी ला लिगा : लेवनडोस्कीको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ – स्पेनी ला लिगाअन्तर्गत भएको खेलमा बार्सिलानासंग सेल्टा भिगो २–१ गोलअन्तरले पराजित भएको छ । शनीबार भएको खेलमा रोबर्ट लेवनडोस्कीको निर्णायक गोलमा बार्सिलोना विजयी भएको हो । 

बार्सिलोनाका लागि सुरुवाती अग्रता पोलिस स्ट्राइकरले दिलाएका थिए । दाेस्राे हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गर्दै लेवनडोस्कीले याे अग्रता दोब्बर बनाए ।

तर सेल्टा भिगोका लागि लागो एस्पासले एक गोल फर्काउन सफल भए । जुन जितका लागि प्रर्याप्त नहुँदा बार्सिलोना २–१ विजयी भएको हो ।

योसंगै बार्सिलोनाको २५ खेलबाट ५४ अंक भएको छ र तेस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ५१ अङ्कमा चौथोमा छ ।

उसले यसअघि लास पाल्मासमाथि ५–० को जित निकालेको थियो । अन्य खेलमा ओसासुनाले काडिजलाई २–० ले हरायो भने भ्यालेन्सिया र सेभियाबीचको खेल गोलरहित बराबरीमा टुङ्गियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?