जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

इङ्ल्याण्डमाथि भारत ४३४ रनले विजयी

काठमाडौं – भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो ।

दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट लिएका थिए ।

भारतले यस टेस्टको पहिलो इनिंगमा ४४५ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो । पहिलो इनिंगमा १२६ रनको अग्रता बनाएको भारतले दोस्रो इनिंगमा ४३० रन बनाएर इनिंग घोषणा गर्दै इङल्याण्डले ५५७ रनको लक्ष्य पाएको थियो ।

यस टेस्टमा भारतका यशस्वी जैसवालले दोस्रो इनिंगमा २१४ रन बनाएका थिए । योसँगै ५ खेलको टेस्ट सिरिज २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?