जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नामिवियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्यान्ड्स

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर  नेरदल्यान्ड्सले पहिला फिल्डिङ गर्दैछ ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा दुई परिवर्तन गरेका छन् । 

नेदरल्यान्ड्सले आज रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई खेलाएको छ भने शरि अहमद र वेस्ली ब्यारेसीलाई आज बेन्चमा राखेको छ ।

त्यस्तै नामिबियाले पनि टोलीमा एक परिवर्तन गरेको छ । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा शीर्षक्रमका ब्याटर जेपी कोट्जीलाई खेलाएको छ । 

पहिलो खेलमा नामिबियाले नेपाललाई पराजित गरेको थियो भने नेदरल्यान्ड्स नेपालसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?