जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वदेश फर्कियो महिला राष्ट्रिय क्रिकेट टिम 

काठमाडौँ – एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । 

प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको हो ।

गत शुक्रबार सम्पन्न सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएसँगै नेपाल महिला एसिया कपमा छनौट हुन असफल भएको थियो ।

यस प्रतियोगितामा नेपालका लागि रुबिना क्षेत्रीले शतक प्रहार गर्दै नयाँ रेकर्ड बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?