जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ । मंगलबार सिल्भरलाइन अस्पतालमा सन्दिपको लाइपोमाको दोस्रो पटक शल्यक्रिया गरिएको हो । यसअघि पनि सन्दिपले लाइपोमाको शल्यक्रिया गरिसकेका थिए ।

स्रोतका अनुसार गत वैशाखमा पनि सन्दीपले लाइपोमाको शल्यक्रिया गराएका थिए । उनको शरीरका विभिन्न स्थानमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्धामा दोषी ठहर भएपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट अलग छन् । जिल्ला अदालत काठमाडौंले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । उनीविरुद्ध गत वर्ष भदौमा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?