जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारत कलकत्ता पुर्‍याएर मिर्गौला बेचबिखन गर्ने पक्राउ

काठमाडौं । मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार निज दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका नेपालीले कलत्ताको मःम पसलमा आकर्षक तलबसहितको जागिरको प्रलोभन देखाई नुवाकोटबाट पीडितलाई झापाको काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याएका थिए। मासिक ३० हजार तलब हुने प्रलोभनमा उनलाई लगिएको थियो । त्यहाँ पीडितलाई झुक्याएर अस्पताल भर्ना गरेर बेहोस पारी मिर्गौला झिक्ने कार्यमा उनले सहयोग गरेका थिए।

दर्जीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि सात दिन म्याद थप भएको प्रवक्ता कडायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?