जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेदरल्याण्डसमाथि नामिबियाको २४ रनको जित

काठमाडौं – नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो ।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो ।

टियु मैदानमा लिग २ को यस सिरिजमा पहिला ब्याटिंग गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए । टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ४१।३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो ।

यो नामिबियाको लिग २ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग२ को पहिलो सिरिज पनि जितेको छ ।

त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ । अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?