वाफ च्याम्पियनशिप : प्यालेस्टाइनविरुद्ध नेपालको खेल आज

काठमाडौँ – साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल प्यालेस्टाइनसंग भिड्दै छ । दुई देशबीचको खेल आज राति १०.४५ बजे हुन लागेको हो । 

सेमिफाइनलमा पुगेका दुवै टोली समूहको शीर्षस्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

यसअघि समूह चरणमा भएका दुवै खेल नेपालले जितेको छ। पहिलो खेलमा सिरियालाई ४१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै, दोस्रो खेलमा सावित्रा भण्डारी ‘साम्बा’को गोलमा नेपालले इराकमाथि ५–० जित निकालेको थियो । फराकिलो  जीतस‌ँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो। 

यता प्यालेस्टाइनले पनि समूह चरणका दुवै खेल जितेको छ। पहिलो खेलमा इराकलाई ३–० र दोस्रो खेलमा सिरियालाई १(० गोल अन्तरले पराजित गरेको थियो।

नेपाल र प्यालेस्टाइन ६–६ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?