जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टिमको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ ‘क्यान’ ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो ।

हालै एकदिवसीय टिममा कमब्याक गरेका अनिल शाहले टी-२० टिममा पनि कमब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान बिनोद भण्डारी, नेपाल ए टिममा रहेका रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ ।

नेपाली टीमस् रोहित पौडेल ‘कप्तान’, आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् । टी-२० सिरिजको पहिलो खेलमा आगामी मंगलबार नेपालले नामिबियाको सामना गर्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?