जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कोरिया परीक्षाका लागि ईपीएसको फर्म भर्ने म्याद दुई दिन थप

काठमाडौँ – पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न दुई दिनको म्याद थप गरिएको छ ।

अदालतको आदेशपछि सिप बिल्डिङमा सहभागी सबैलाई समेट्न लागेको वैदेशिक रोजगार विभागले आवेदन दिने समय दुई दिन थप गरेको हो ।

कोरिया रोजगार अनुमति प्रणाली (इपिएस)  शाखाका अनुसार यो समयावधि यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म कायम रहेको थियो । तर अहिले अहिले दुई दिन थप गरी पुस २० सम्म पुर्‍याइएको हो । 

गत शुक्रबार बालकुमारीमा भएको घटनामा दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थी समेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।

अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?