जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजदेखि त्रिकोणात्मक टी-२० सिरिज, नेपालले नामिबियासँग खेल्दै

काठमाडौँ –  नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी–२० सिरिज आजदेखि शुरु हुँदैछ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् ।  खेल त्रिभुवन विश्वविद्यालय खेल मैदान, किर्तिपुरमा बिहान ११ः ३० बजेदेखि शुरु हुँदैछ ।

नेपाल क्रिकेट संघले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । टी–२० टिममा ए टिमका ६ जना खेलाडीलाई समावेश गरिएको छ । लिग टु खेलेको टिमका १५ मध्ये ११ जना यथावत् छ ।

आइसीसीको टी–२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।

नेपाली टिम

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?