जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिकोणात्मक टी-२० सिरिज : आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै

काठमाडौँ – नेपालले जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल बिहान साढे ११ बजे टियु मैदानमा  शुरु हुने छ ।

मंगलबारदेखि शुरु भएको सिरिजमा पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले भने यो सिरिजमा पहिलो खेल हो । 

नेपाल क्रिकेट संघले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

नेपाली टीममा रोहित पौडेल , आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?