जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा

पाँचथर – आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा पाँचथर क्लबले बागमती युवा फुटबल क्लब, सर्लाहीलाई १–० गोलअन्तरले पराजीत गरेको हो । पाँचथर क्लबका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न भने असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेलेको थियो । उसले थुप्रै अवसर खेर फालेको थियो । आजको खेलको म्यान अफ दी म्याच पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?