जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

भारतीय क्रिकेटरको सेन्ट्रल कन्ट्रयाक्ट सूची सार्वजनिक, एकदेखि सात करोडसम्म तलब

काठमाडौँ – भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ‘बिसीसीआई’ ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ । बिसीसीआईले बुधबार सार्बजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।

त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ ।

सेन्ट्रल कन्ट्रयाक्टको ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा रहेका छन् । उनीहरुले बोर्डबाट बार्षिक ७ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यस्तै ग्रेड ए मा आर आश्विन, मोहमद शामी, मोहमद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्डेय रहेका छन् । उनीहरुले बार्षिक ५ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यसैगरी ग्रेड बी मा सूर्यकुमार यादव, ऋषव पन्त, कुलदीप यादव, अक्सर पटेल र यशस्वी जैसवाल रहेका छन् । उनीहरुको बार्षिक पारिश्रमिक ३ करोड भारु रहेको छ ।

त्यस्तै ग्रेड सी मा रिंकु सिंह, तिलक बर्मा, रुतुराज गायकवाड, श्रदुल ठाकुर, शिभम दुवे, रवि विश्नोई, जितेश शर्मा, वाशिंटन सुन्दर, मुकेश कुमार, संजु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्ण, अभेश खान र रजत पाटीदार रहेका छन् । उनीहरुले बार्षिक एक करोड भारु पारिश्रमिक पाउने छन् ।

साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलेमा उनीहरुपनि ग्रेडमा रहने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?