जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टी-२० सिरिजमा आज नेदरल्यान्ड्स र नामिबिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजे त्रिभुवन विश्व विद्यालय खेल मैदान कीर्तिपुरमा सुरु हुनेछ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्ड्सले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आइसीसीको टी २० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।

जारी सिरिजमा नामिबिया र नेदरल्यान्ड्सले एक-एक खेल जितेका छन्। दुवैले घरेलु टोली नेपाललाई हराएका हुन्। सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्यान्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?