जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन ठेक्का आह्वान

काठमाडौँ – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ठेक्का आह्वान गरेको छ। महानगरपालिकाले रङ्गशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान गरेको हो।

ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ।

महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रङ्गशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रङ्गशालाको लागि आर्थिक अभाव भएपछि रङ्गशालाको काम रोकिएको थियो । फाउन्डेसनले निर्माण सामाग्रीको करिब १८ करोड रुपैयाँ उधारो रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?