जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेदरल्याण्डसले दियो नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौँ – नेदरल्याण्डसले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेदरल्याण्डसले २० ओभरमा ५ विकेट गुमाउदै २४७ रन बनाएको हो ।

नेदरल्याण्डसका लागि माइकल लेभिटले सर्बाधिक १३५ रन बनाएका थिए । लेभिटले ६२ बलमा १३५ रन बनाएका थिए । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका लेभिटले शतक बनाएका हुन् । उनले पहिलो खेलमा नेपालविरुद्ध ५४ रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरी सिब्राण्ड एंगेलब्रेचटले ७५ रन बनाएका थिए भने तेजा निडामानुरुले १८ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले २ विकेट लिएका थिए भने बेन शिकोंगो र जान फ्राइलिंकले एक एक विकेट लिएका थिए ।

नेदरल्याण्डसले टियु क्रिकेट मैदानमा टी-२० खेलमा बनाएको यो अहिलेसम्मकै धेरै रन हो । नेदरल्याण्डसले यसअघि २०२१ मा नेपालले आफुविरुद्ध बनाएको २३८ रनको किर्तिमान तोडेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?