जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हिन्दू र मुस्लिमको साझा तीर्थ मदारबाबा मेला सुरु

नवलपरासी– बहुधार्मिक साझा तीर्थका रूपमा रहेको मदारबाबा मेला सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको दाउन्नेस्थित मदरबाबा मेलाको बिहीबार उद्घाटन गरेकी हुन् ।

दश दिनसम्म सञ्चालन हुने उक्त मेलामा नेपालका विभिन्न स्थानका साथै भारतको विहार, उत्तर प्रदेश, मध्यप्रदेश, पञ्जाब, दिल्लीलगायत प्रान्तबाट लाखौँको सङ्ख्यामा भक्तजन आउने गर्दछन् ।

इस्लाम धर्मका गुरु कुदुबुल जिन्दा मदार शाह बाबाले ४० दिनसम्म तप गरेर सिद्धि प्राप्त गरेको स्थानका रूपमा दाउन्ने पहाडमाथि रहेको मदारबाबाको मजारलाई लिइने मदारबाबा मजार संरक्षण संस्थाका अध्यक्ष जमालुद्दिन अन्सारीले बताए ।

यही फागुन १७ गतेदेखि सुरु भएको मेलामा हिन्दू र मुसलमान दुवै समुदायका मानिसको आस्थाको केन्द्र रहेको उनले जानकारी दिए ।

भक्तजनले आफ्ना यहाँ आएर समस्या समाधानका लागि भाकल गर्ने  चलन रहेको भन्दै अन्सारीले भाकल पूरा भएपछि मेलामा आएर मदारबाबाको समाधिमा च्यादर चढाउने प्रचलन रहेको उनको भनाई छ ।

प्रत्येक वर्ष मदारबाबा मेलामा लाखौँको सङ्ख्यामा देश विदेशबाट भक्तजनको आउने भए पनि स्थानीय प्रशासन एवं राज्यले मेलालाई व्यवस्थापनमा कुनै चासो नदेखाएको उनको गुनासो छ । 

हिन्दू सम्प्रदायको पशुपतिनाथ, गडिमाई, जनकपुरको रामजानकीलगायत मन्दिरमा लाग्ने मेला, बुद्ध धर्मावलम्बीको लुम्बिनी, रामग्राम स्तूपा तथा मुस्लिम समुदायको मदारबाबा मेला पनि प्रख्यात रहेको छ । 

 अन्सारीका अनुसार यस वर्ष व्यवस्थापन समितिले करिब १२ लाख पर्यटक यहाँ आउने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?