जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साफ यू–१६ महिला फुटबल : बंगलादेशसँग नेपाल पराजित

काठमाडौँ – नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?