जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौँ – मछिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो ।

पेनाल्टी सुटआउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो ।मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । निधारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको भने विहिबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?