जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

त्रिकोणात्मक टी–२० सिरिज : आज नेपाल र नेदरल्यान्ड्सको फाइनल भिडन्त

काठमाडौँ – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले आज घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्नेछ । नेदरल्यान्ड्स पनि नेपाललाई उसकै मैदानमा हराएर उपाधि उचाल्ने रणनीतिमा हुनेछ ।

नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अंक जोड्दै फाइनलमा पुगेको हो ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । सुरुका दुई खेलमा पराजित भएको नेपाल अन्तिम चरणका दुई खेलमा जित निकाल्दै फाइनल पुगेको हो ।

नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको थियो । पछिल्ला पाँच खेलमा नेपाल तीन स्पर्धामा विजयी हुँदा नेदरल्यान्ड्स दुई खेलमा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?