जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आजदेखि विराटनगरमा महिला क्रिकेट प्रारम्भ

मोरङ – अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा मोरङमा महिला क्रिकेटको विकास गर्ने उद्देश्यले आजदेखि विराटनगरमा महिला क्रिकट प्रारम्भ भएको छ । नेपाल क्रिकेट फाउण्डेशनद्वारा सञ्चालित महिला क्रिकट प्रतियोगिता फागुन २५ गतेसम्म विराटनगर–६ स्थित ज्वाला क्रिकट मैदानमा सञ्चालन हुनेछ ।

मोरङ जिल्ला क्रिकेट सङ्घसँगको समन्वयमा हुने २० ओभरको उक्त प्रतियोगितामा कोशीको मोरङ, इलाम र मधेस प्रदेशबाट सप्तरी एवं सिराहा जिल्लाका महिला खेलाडीको सहभागिता छ ।

नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता उद्घाटन गर्दै महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेल मैदानमा ल्याउन हामी सबै लाग्नु आवश्यक रहेको बताए । उनले पुरुष खेलाडीले अन्तर्राष्ट्रियस्तरमा राम्रो खेलेबापत प्राप्त भएको रकमकै कारण आज खेलाडीलाई मासिक तलब दिन सङ्घ सक्षम भएको बताए ।

प्रतियोगिताका माध्यमबाट कोशी र मधेश प्रदेशमा महिला क्रिकेटको विकासमा सहयोग पुग्ने फाउण्डेशनका संयोजक श्रेष्ठले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?