जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

डन-३ को हिरोइन बन्न कियाराले लिइन् चर्को पारिश्रमिक

काठमाडौँ – फरहान अख्तरको आगामी फिल्म डन-३ को काम तिब्र गतिमा अघि बढेको छ । निर्देशकले गत वर्ष फिल्मको टिजर रिलिज गर्दा मुख्य कलाकारको खुलासा गरेका थिए ।

यस फिल्मबाट शाहरूख खान बाहिरिएपछि अभिनेता रणवीर सिंहलाई अनुबन्ध गराइएको थियो। शाहरूखको स्थानमा रणवीर अनुबन्धित भएको खबर बाहिरिएसँगै शाहरूखका फ्यान निराश भएका छन्। रणवीरले शाहरूखको जस्तो अभिनय गर्न नसक्ने उनीहरूको तर्क रहेको समाचार स्रोतले उल्लेख गरेका छन्। यस्तै फिल्ममा अभिनेत्री कियारा अडवानी अनुबन्धित भएकी छन्।

यो फिल्ममा अभिनेत्री कियारा मुख्य भूमिकामा देखिदै छिन्, जसको लागि उनले मोटो पारिश्रमिक लिएकी छिन् । यो फिल्म ठूलो बजेट निर्माण हुने बताइएको छ।

भारतीय सञ्चारमाध्यम अनुसार कियारा फेरि चर्चामा आएकी छिन् । फिल्म डन ३ का लागि कियाराले ठूलो रकम कलेक्सन गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार कियाराले फिल्म डन ३ को लागि १३ करोड पारिश्रमिक लिएकी छिन् । यो एक अभिनेत्रीको अहिलेसम्मकै उच्च पारिश्रमिक मानिन्छ । त्यसैगरी, कियाराले आफ्नो आगामी फिल्म वार २ को लागि भन्दा दुई गुणा बढी पारिश्रमिक लिएकी हुन्।

फरहान अख्तरले अमिताभ बच्चन, शाहरुख खान र एक नयाँ अभिनेतालाई लिएर फिल्म बनाउने योजना बनाएका थिए। तर अख्तरको तीन पुस्ता लिएर फिल्म बनाउने योजना शाहरूखलाई मन नपरेको बताइएको छ। डन र डन २’ मा अभिनेता शाहरूख खानले अभिनय गरेका थिए। उनको केही संवाद निकै चर्चित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?