जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साफ यू–१६ महिला फुटबल : आज भारतसँग भिड्दै नेपाल

काठमाडौँ– जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा आज नेपाल भारतसँग भिड्दै छ। ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ।

जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ।

अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ। यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुने छ।

नेपालले आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो।

त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७(० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३-१ ले हार बेहोरेको थियो।

प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?