जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नेपाल–पाकिस्तान मैत्रीपूर्ण क्रिकेट सम्पन्न

काठमाडौँ – नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता आज यहाँ सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता यहाँस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको हो ।

विगत १४ वर्षदेखि उक्त दूतावासले हरेक वर्ष टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले विजयी समूह क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा ली क्रिकेट क्लब दोस्रो भएको थियो ।

त्यस अवसरमा उपाध्यक्ष कोइरालाले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेर पाकिस्तानी राजदूतावासले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनाएकामा कृतज्ञता ज्ञापन गरे । उनले काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासले आयोजना गर्ने यो प्रतियोगिता समावेश भएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले नेपालका उदीयमान क्रिकेट क्लब र तिनका प्रतिभाशाली खेलाडीलाई प्रतियोगिताले प्रतिभा प्रस्फुरणको अवसर प्रदान गरेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

समापन समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव गोलम सरवार, नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमेद एल्गाब्ली, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन चौधरी, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारी, क्रिकेट सङ्घ नेपालका महाप्रबन्धक उत्सव ढुङ्गाना, हिमालय बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जङ्गबहादुर राणा, वरिष्ठ पत्रकार नागरिक समाजका अगुवा तथा क्रिकेटप्रेमीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?