जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगे बालेन

काठमाडौं – धरानमा शुक्रबार ‘आजदेखि’ धरान डे’ उत्सव सुरु भएको छ । धरान डे उत्सवको उद्घाटन गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ‘बालेन’ शाह धरान पुगेका छन् ।

मेयर शाह शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन गर्न धरान पुगेका हुन् । मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिको रुपमा निमन्त्रणा गरेका थिए ।

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डको सचिवालयले प्रधानमन्त्री व्यस्तताका कारण धरान आउन नसक्ने जानकारी दिएपछि मेयर सम्पाङ आक्रोशित बनेका थिए ।

काठमाडौं महानगरपालिका मेयर शाह र धरान उपमहानगरपालिका मेयर सम्पाङबिच सुरु देखि नै सहयोग आदान प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?