जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘रंगिला’का निर्देशक रामगोपाल बर्मा पनि चुनावी प्रतिस्पर्धामा उत्रने

काठमाडौँ – बलिउड चलचित्र निर्देशक रामगोपाल वर्मा अब राजनीतिमा प्रवेश गर्ने भएका छन् । 

आफ्नो एक्स ह्यान्डल मार्फत राजनीतिमा प्रवेश गर्ने उनले औपचारिक घोषणा गरेका छन् । आफ्नो निर्णयलाई आकस्मिक निर्णय भन्दै उनले लेखेका छन्, ‘अचानक निर्णय, पिठापुरमबाट चुनाव लडिरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।’

यस सिटबाट पवन कल्याणले पनि चुनाव लड्ने भएका छन् । तेलुगु अभिनेता र जनसेना पार्टीका नेता पवन कल्याणले पनि आन्ध्र प्रदेश चुनावको योजनाको बारेमा बताइसकेका छन् ।

पवन कल्याणको पार्टी जनसेनाको आधिकारिक एक्स ह्यान्डलमा एक भिडियो शेयर गरिएको छ, जसमा उनले चुनाव लड्ने कुरा गरिरहेका छन्। जसको क्याप्सनमा उनले लेखेका छन्, ‘म पिठापुरमबाट चुनाव लड्दैछु।’

जसअनुसार अब एउटै सिटबाट साउथ सुपरस्टार पवन कल्याण र फिल्म मेकर रामगोपाल वर्मा चुनावी मैदानमा रहने भएका छन् ।

आन्ध्र प्रदेशको विधानसभा सीट पिथापुरम हो र यहाँबाट रामगोपाल वर्मा पवन कल्याणसँग प्रतिस्पर्धा गर्नेछन्। रामगोपाल वर्मा कुन पार्टीबाट उम्मेदवार हुनेछन् भन्ने कुरा खुलेको छैन तर पवन कल्याण आफ्नो जनसेना पार्टीबाट चुनाव लड्ने भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

जनसेना पार्टीले विधानसभा चुनावका लागि कुल १७५ सिटमध्ये २१ सिटमा प्रतिस्पर्धा गर्नेछ । जहाँ भाजपाले १० सिट र टीडीपीले १४४ सिटमा चुनाव लड्नेछ।

६१ वर्षीय राम गोपाल वर्मा बलिउडका चर्चित फिल्म निर्देशक–निर्माता हुन्। उनले सत्य, कटरा, रंगीला, सरकार, कौन, रक्तचरित्र, कम्पनी, वीरप्पन, भूत जस्ता फिल्म बनाएका छन् । रामगोपाल वर्माले धेरैजसो सस्पेन्स थ्रिलर फिल्म बनाएका छन् । रामगोपाल वर्माले साउथ इन्डस्ट्रीमा पनि काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?