जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अमिताभ बच्चन अस्पतालमा भर्ना, स्वास्थ्यमा सुधार

काठमाडौँ – बलिउड अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षिय अभिनेतालाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

समाचार स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाइएको छ । शुक्रबार बिहान ६ बजे अस्पतालमा भर्ना गरिएको थियो। उनी सेक्युरिटीका साथ अस्पताल पुगेका थिए।

यतिबेला अमिताभ स्वस्थ रहेको बताइएको छ। अमिताभले आफ्नो ट्विटरमार्फत उक्त जानकारी दिएका हुन्। ‘सधैं कृतज्ञता,’ उनले लेखेका छन्। केही दिनअघि उनको खुट्टामा चोट लागेको थियो। यस्तैमा उनी अस्पताल भर्ना भएको खबर आएको हो।

गत वर्ष, अमिताभ बच्चन अभिनेता टाइगर श्राफको एक्शन थ्रिलर गणपतमा देखिएका थिए। तर, यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन । उनको आगामी फिल्मलाई हेर्दा यसको नाम प्रोजेक्ट के हो, जसमा उनले दीपिका पादुकोण र प्रभाससँग स्क्रिन सेयर गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?