जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने

काठमाडौँ – बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आउने भएकी छिन् । गहनासम्बन्धी रनवेमा आगामी चैत १७ गते आरबी डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवमा हुने ज्वेलरी फेसन रनवेका लागी अभिनेत्री फर्नान्डिज नेपाल आउन लागेकी हुन्।

आरबी डायमण्ड ज्वेलर्स काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै रनवेमा ज्याकलिन शो स्टपरको रुपमा देखिने जनाएको छ । ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनका अनुसार सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने जनाइएको छ ।

यो कार्यक्रमबारे सार्वजनिक गरिएको भिडियो सन्देशमा ज्याकलिनले आफू नेपाल आउन लागेकोमा उत्साहित रहेको बताएकी छन् । ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ । आरबीले सोही कार्यक्रममा व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर रेहान श्रेष्ठलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?