जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यश बन्दैछन् दक्षिण भारतीय फिल्मका सबैभन्दा महङ्गा भिलेन, पारिश्रमिक कति?

काठमाडौँ– ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायकको भूमिकामा देखिने भएका छन् ।

रणवीर कपुर र साई पल्लवीको स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबरका अनुसार ‘रामायण’ लाई ‘दंगल’ जस्तो हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गर्नेछन् ।

यशले यो भूमिकाका लागि १ सय ५० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका भारतीय मिडियाको दाबी छ । जुन हिन्दी फिल्मको इतिहासमा खलनायकले लिएको अहिलेसम्मकै उच्च पारिश्रमिक हो ।

यश यतिबेला भने उनको ब्लकबस्टर फिल्म सिरिज ‘केजीएफ ३’ को छायांकनमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?