जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ऋतिक क्रिस ४ को तयारीमा, फिल्मको छायांकन २०२५ मा सुरु हुने

काठमाडौँ – ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु भएको छ । यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, कोई मिल गया, क्रिस र क्रिस ३ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए।

रिर्पोटका अनुसार राकेश रोशनले यो फ्रेन्चाइजको चौथो फिल्मको तयारी सुरु गरिसकेका छन्, जुन अन्तिम चरणमा छ। ऋतिकले आफ्ना बुबा राकेश रोशनसँग मिलेर यस गर्मीमा कन्सेप्ट, स्क्रिप्ट र अन्य सेगमेन्टमा काम गर्न थाल्नेछन्।

अहिले ऋतिक आफ्नो आगामी फिल्म वार २ को सुटिङमा व्यस्त छन् । चलचित्रको छायांकन सकिएलगत्तै उनी क्रिस ४ को तयारीमा लाग्नेछन् ।

रिर्पोटका अनुसार ऋतिक र राकेश रोशनले यसै वर्ष आइडिया र स्क्रिप्टिङ गर्ने तयारी गरिरहेको बताएको छ । त्यसपछि दुवैले अर्को वर्ष यसको सुटिङ सुरु गर्नेछन् । फ्रेन्चाइजको चौथो फिल्मका लागि अहिले विभिन्न स्क्रिप्ट र आइडिया तयार भइसकेको छ ।

क्रिश फ्रेन्चाइजी २००३ को फिल्म कोई मिल गया बाट सुरु भएको थियो, जसमा प्रीति जिन्टा, ऋतिक रोशन, रेखाले महत्वपूर्ण भूमिका खेलेका थिए। तीन वर्षपछि फिल्मको स्पिन अफ सिक्वेन्स कृष रिलिज भयो। जसमा क्रिसको परिचय भयो ।

यस फिल्ममा ऋतिकले रोहित र कृष्ण क्रिस’ को दोहोरो भूमिका निभाएका थिए । ७ वर्षपछि २०१३ मा क्रिस फ्रेन्चाइजीको तेस्रो फिल्म ‘क्रिस ३’ रिलिज भयो । अब ११ वर्षपछि क्रिस–४ को तयारी सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?