जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एक्शन फिल्म गर्न चाहन्छिन् करीना कपूर

काठमाडौँ – बलिउड अभिनेत्री करीना कपुरले हालै एक अन्तर्वार्तामा आफू एक्सन फिल्ममा काम गर्न चाहेको खुलासा गरेकी छन् । यस क्रममा उनले सन् २००८ मा रिलिज भएको आफ्नो एक्सन फिल्म ‘टशन’का लागि आफ्नो तौल घटाएको खुलासा गरेकी थिइन् ।

द रणवीर शो पोडकास्टमा कुराकानीको क्रममा, जब होस्टले उनलाई सोधेका थिए, यति धेरै तौल घटाउनुको कुनै नकारात्मक प्रभाव छ ? यसमा करीनाले भनिन्– ‘तिमीले मलाई राम्ररी पढिसकेकी छौ, म महत्वाकांक्षी छु तर कहिले पनि आफूलाई वा मेरो मानसिक अवस्थालाई हानी गरिन्।

करीनाले थप भनिन्- ‘साइज जीरोको लागि पनि मलाई त्यो लुकमा आउन करिब डेढ वर्ष लाग्यो र यो चुनौती जस्तै थियो।’एक्सन फिल्म गर्ने इच्छा व्यक्त गर्दै करीनाले भनिन्, ‘मैले जीवनमा एकपटक यो गर्नैपर्छ, किनभने त्यसपछि पनि एक्सन फिल्म गरिन।’

जब करिनालाई एक्शन फिल्मका लागि फेरि तौल घटाउने बारे सोधिएको थियो, उनले भनिन्– ‘अहिले हामी यस्तो पुस्तामा बाँचिरहेका छौं जहाँ सबै कुरा स्वीकार गरिन्छ र म यो भन्न चाहन्नँ कि एक्शन फिल्मका लागि यस्तो शरीर स्वीकार गरिनेछ ।

करिनाले भनिन्– ‘मलाई लाग्छ, आज जो कोहीले पनि आफूले चाहेको काम गर्न सक्छन् । त्यसैले अब म एक्सन फिल्मका लागि पनि तयार छु । मलाई साइज शून्य हुनु आवश्यक छैन।

करीना रोहित शेट्टीको एक्शन फिल्म सिंघम अगेनमा देखिने भएकी छिन् ।अभिनेत्रीको लुक पनि फिल्मबाट बाहिर आएको थियो जसमा उनी एक्शन अवतारमा देखिएकी थिइन् । यसअघि उनको फिल्म ‘क्रू’ २९ मार्च २०२४ मा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै तब्बु र कृति सेनन पनि देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?