जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जब अमिताभ बच्चनको फिल्मबाट परवीन बाबीलाई हटाइयो, ४३ वर्षपछि भयो खुलासा

मुम्बई– परवीन बाबी एक समय बलिउडमा निकै ख्याती कमाएकी अभिनेत्रीमा पर्छिन् । उनले ७०/८० को दशकमा बलिउडमा एकछत्र राज गरेकी थिइन् ।

अहिले ४३ वर्षपछि खबर आएको छ कि, एक फिल्मबाट उनलाई निकालिएको थियो । जुन फिल्ममा अमिताभ बच्चनको समेत शीर्ष भूमिका थियो ।

अर्का अभिनेता रञ्जीतले अन्तर्वार्तामा बताए अनुसार अमिताभ बच्चनको सो फिल्ममा परवीनलाई निकाला गरिएको थियो र उनको ठाउँमा जया बच्चनलाई अभिनय गराइएको थियो ।

यो घटना सन् १९८१ हो ।

रञ्जीत भनेका छन्, ‘परवीन मेरी मिल्ने साथी थिइन्, उनी निकै राम्री पनि थिइन्, सधै मुस्कुराइरहने गर्थिन्, एक समय उनी दुःखी थिइन्, मैले के भयो भनेर सोधेँ, उनले फिल्मबाट निकालिएको बताइन् ।’

पछि यो फिल्मबाट परवीनलाई हटाइयो र त्यसको सट्टामा जया बच्चनले अभिनय गरिन् । उक्त फिल्मको नाम थियो, सिलसिला ।

यद्यपि अमिताभ र परवीनले अरु कैयन् फिल्ममा एकसाथ काम गरेका थिए । यी दुईले अभिनय गरेको फिल्म ‘अमर अकबर एन्थोनी’, ‘शान’, ‘नमक हलाल’, ‘मजबुर’ लगायत हुन् ।

त्यतिबेला परवीन अरु नायिकाका तुलनामा सबैभन्दा महङ्गी अभिनेत्री पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?