यु–१३ प्रतियोगिताका लागि फुटबल खेलाडी छनोट

काठमाडौं- सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आजदेखि कैलालीको धनगढीमा यु–१३ छात्र/छात्रा खेलाडी छनोट सुरु भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

“सुदूरपश्चिमका नौवटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उनले भने “ती मध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइने छ ।”

आज र भोलि छात्र खेलाडी तथा सोमबार छात्रा खेलाडी छनोट गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?